मंगलबार मकवानपुरमा ४४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१५ भाद्र २०७८, मंगलवार १४:५९
;

मकवानपुर । मंगलबार मकवानपुरमा ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जनाको पीसीआर परिक्षण र ५६ जनाको एन्टिजेन गरी जम्मा १ सय ३२ जनाको कोरोना परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ८ सय जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ७३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*