नारायणी संघमा कार्यरत बजगाँईँ सम्मानित
मकवानपुर । नारायणी संघ हेटौंडाले संघका कर्मचारी सुमित कुमार बजगाँईलाई नगद २५ हजार रुपैँया सहित सम्मान गरेको छ ।
मंगलबार बसेको संघको सञ्चालक समितिको बैठकले बजगाँर्ईँलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेपछि उनलाई सम्मान गरीएको संघका कार्यालय प्रमुख समुन्द्र खड्काले जानकारी दिए ।
संघको सदस्यता शाखामा कार्यरत बजगाँईँले आम्दानीलाई ब्यबस्थित बनाउँदै उत्कृष्ठ काम गरेको भन्दै उनलाई नगद २५ हजार रुपैँया सहित प्रशंसा पत्रले सम्मान गरीएको हो ।










