बुधबार मकवानपुरमा ५२ जनाले जिते कोरोना
मकवानपुर। बुधबार मकवानपुरमा ५२ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना पुष्टि भएकोमा ५२ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ८ सय ३० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ३ सय १९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।










