बिहीबार मकवानपुरमा ३६ जनामा कोरोना पुष्टि
मकवानपुर । बिहीबार मकवानपुरमा ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९२ जनाको पीसीआर परिक्षण र ४२ जनाको एन्टिजेन गरी जम्मा १ सय ३४ जनाको कोरोना परिक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ८ सय ६६ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ३ सय ४७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।










