विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १६:०१
;

मकवानपुर । कोरोना सङ्क्रमणका कारण मकवानपुरमा करिब ५ महिनादेखि बन्द रहेको शैक्षिक संस्था सञ्चालन गर्न स्थानीय तहलाई अनुमती दिएको छ ।

आज जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जिल्लाको स्थानीय तहलाई सङ्क्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

अब स्थानीय तहले सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय सञ्चालन गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*