देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १७:५६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ८ सय ४६ रहेको छ । भने १६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*