उपमहानगरले समुदायिक तथा संस्थागत विद्यालयका प्रअहरुको बैठक बोलायो

हेटौडा न्युज
१९ भाद्र २०७८, शनिबार ११:३८
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विभिन्न विषयमा छलफलका लागि बैठक बोलाएको छ ।

उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई बैठकमा उपस्थितिको लागि आग्रह गरेको हो । आइतबार सामुदायिक र सोमबार संस्थागत विद्यालयका प्रअहरुको बैठक बोलाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपछि विद्यालयका प्रअहरुको बैठक बोलाईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*