शनिबार मकवानपुरमा २१ जनाले जिते कोरोना
मकवानपुर । शनिबार मकवानपुरमा २१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भउमका छन् ।
पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना पुष्टि भएकोमा २१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ९ सय १९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय ६ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६२ जनाको मृत्यु भएको छ ।










