आइतबार मकवानपुरमा एक जना सङ्क्रमित थपिए, ६ जनाले जिते कोरोना
मकवानपुर । आइतबार मकवानपुरमा ६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भउमका छन् ।
पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएकोमा ६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय १२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।










