देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३४ जना निको भएका छन् ।










