सोमबार मकवानपुरमा २९ जना सङ्क्रमित थपिए, ६ जनाले जिते कोरोना

हेटौडा न्युज
२१ भाद्र २०७८, सोमबार १५:०७
;

मकवानपुर । सोमबार मकवानपुरमा ६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना पुष्टि भएकोमा ६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ९ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय १५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*