देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३ जना निको भएका छन् ।










