छोनाम न्वागी पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

हेटौडा न्युज
२१ भाद्र २०७८, सोमबार १७:२४
;

मकवानपुर । राक्सिराङ गाउँपालिकाले भोलि भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज (सोमबार) गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका छन् । चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको अध्यक्ष मल्लले जनाएका छन् ।

अध्यक्ष मल्लले कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका उच्चतम मापदण्ड एवम् भौतिक दुरी कायम गरी भिडभाड नगरी पर्व मनाउन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*