काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा नयाँ प्रजिअ गोविन्दप्रसाद रिजाल

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार १३:३६
;

मकवानपुर । काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयले सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको हो । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको बताइएको छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा सिडिओका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*