मंगलवार मकवानपुरमा ६ जनामा कोरोना पुष्टि
मकवानपुर । मंगलवार मकवानपुरमा ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७७ जनाको पीसीआर परिक्षण र १८ जनाको एन्टिजेन गरी जम्मा ९५ जनाको कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ९ सय ५५ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय २९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।










