बुवाको मुख हेर्ने दिनको अवसरमा भिक्षुहरुलाई खाद्यान्न सहयोग

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार १६:०८
;

मकवानपुर । हेटौंडामा कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को अवसरमा भिक्षुहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

मंगलबार लियो क्लब अफ हेटौडा लडबुद्ध र लियो क्लब अफ हेटौडा लडबुद्ध पिसको सयुक्त आयोजनामा कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को अवसरमा “केही माया केही दाहित्व” भन्ने मुल नाराका साथ २५ जना भिक्षुहरुलाई सहयोग गरिएको लियो क्लब अफ हेटौडा लडबुद्धका अध्यक्ष मित्र गौतमले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाम र हेटौंडा १० स्थित भुटनदेवी मन्दिर परिसरमा रहेका भिक्षुहरुलाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष गौतमले जानकारी दिए । सामाजिक परम्पराहरुको संरक्षण गर्दे समाजिक दायित्व बोध गर्दे खाद्यान्न वितरण गरिएको अध्यक्ष गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*