बुधवार मकवानपुरमा १४ जनामा कोरोना पुष्टि
मकवानपुर । बुधवार मकवानपुरमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर परिक्षण र १५ जनाको एन्टिजेन गरी जम्मा ९८ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ९ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय ३९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।










