देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ भाद्र २०७८, बुधबार १७:०१
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६७ पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ४७ जना र ३ हजार ६ सय ८८ एन्टिजेन परीक्षण गर्दा २ सय ९३ गरी १ हजार ६ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*