शुक्रवार मकवानपुरमा ३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ भाद्र २०७८, शुक्रबार १७:००
;

मकवानपुर । शुक्रवार मकवानपुरमा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २४ जनाको पीसीआर परिक्षण र २३ जनाको एन्टिजेन गरी जम्मा ४७ जनाको कोरोना परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ९ सय ८७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय ८७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*