देशभर पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ भाद्र २०७८, शनिबार १६:४३
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ पीसीआर परीक्षणमा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टिजेन परीक्षणमा २ सय १७ जना गरी ९ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । भने पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*