आइतवार मकवानपुरमा १ जना मात्रै सङ्क्रमित थपिए

हेटौडा न्युज
२७ भाद्र २०७८, आईतवार १५:२४
;

मकवानपुर । आइतवार मकवानपुरमा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको पीसीआर र २२ जनाको एन्टिजेन गरी जम्मा २९ जनाको कोरोना परिक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ८ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय १९ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय २६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*