सोमवार हेटौंडामा ५३ जनाको स्वाब सङ्कलन

हेटौडा न्युज
२८ भाद्र २०७८, सोमबार १०:२५
;

मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमवार ५३ जनाको स्वाब सङ्कलन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईका अनुसार सोमवार बिहान २१ जना महिला र ३२ जना पुरुष गरी जम्मा ५३ जनाको नमुना स्वाब सङ्कलन गराएको हो ।

सङ्कलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले जानकारी दिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*