कैलाश गाउँपालिकाबाट हराएका ३ जना बालबालिकाहरु काठमाण्डौमा भेटिए

हेटौडा न्युज
२८ भाद्र २०७८, सोमबार १३:४६
;

मकवानपुर । कैलाश गाउँपालिकाबाट हराएका ३ जना बालबालिकाहरु काठमाण्डौमा भेटिएका छन् ।

भदौ २७ गते आईतबार बिहान ९ बजे कैलाश गाउँपालिका वडा नम्बर –९ स्थित कालिका मावि जान हिडेका नामटारका ३ जना बालबालिकाहरु बेपत्ता भएका थिए ।

कैलाश गाउँपालिका वडा नम्बर –९ का १३ वर्षीय बोध बहादुर सुनार, ११ वर्षीया बाटुलि सुनार र १० वर्षीया सुष्मा योन्जन स्कुल ड्रेसमा बेपत्ता भएका थिए ।

हराएका तीनैजना बालबालिका गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित जोरपाटी छाहरी क्लब काठमाण्डौमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलिले आईतबार साँझ फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*