सोमवार मकवानपुरमा ९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ भाद्र २०७८, सोमबार १४:५७
;

मकवानपुर । सोमवार मकवानपुरमा ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर र २८ जनाको एन्टिजेन गरी जम्मा १ सय २२ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय ५० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*