सोमवार मकवानपुरमा ३१ जनाले जिते कोरोना

हेटौडा न्युज
२८ भाद्र २०७८, सोमबार १५:०२
;

मकवानपुर । सोमवार मकवानपुरमा ३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएकोमा ३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय ५० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*