लोथरमा स्थानीयले अबरुद्ध पारेको सडक सुचारु

हेटौडा न्युज
२९ भाद्र २०७८, मंगलवार ०९:५६
;

मकवानपुर । चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा मंगलवार विहान स्थानीयले अबरुद्ध पारेको सडक सुचारु भएको छ ।

नयाँ सडक बनाएको एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा मंगलवार विहान स्थानीयले अबरुद्ध गरेका थिए । समस्याका विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए । लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बने पनि अहिले पुनः बिग्रिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*