मंगलवार मकवानपुरमा १५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ भाद्र २०७८, मंगलवार १८:१३
;

मकवानपुर । मंगलवार मकवानपुरमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७५ जनाको पीसीआर र २७ जनाको एन्टिजेन गरी जम्मा १ सय २ जनाको कोरोना परिक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ३२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय ९४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*