मंगलवार मकवानपुरमा ४४ जनाले जिते कोरोना

हेटौडा न्युज
२९ भाद्र २०७८, मंगलवार १८:२०
;

मकवानपुर । मंगलवार मकवानपुरमा ४४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना पुष्टि भएकोमा ४४ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ३२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय ९४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*