देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ भाद्र २०७८, मंगलवार १८:३३
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० जना र ४ हजार १ सय ७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*