पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा

हेटौडा न्युज
३० भाद्र २०७८, बुधबार १०:१४
;

मकवानपुर । गएराती देखि पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक बुधवार विहानबाट सञ्चालनमा आएको छ ।

मंगलबार रातिदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकावडा नम्बर –५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*