बुधवार मकवानपुरमा १८ जनामा कोरोना पुष्टि
मकवानपुर । बुधवार मकवानपुरमा १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६६ जनाको पीसीआर र १८ जनाको एन्टिजेन गरी जम्मा ८४ जनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ५० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ६ सय २४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।










