बुधवार मकवानपुरमा ३० जनाले जिते कोरोना

हेटौडा न्युज
३० भाद्र २०७८, बुधबार १५:२४
;

मकवानपुर । बुधवार मकवानपुरमा ३० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना पुष्टि भएकोमा ३० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ५० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ६ सय २४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*