देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनमा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय २४ पीसीआर परीक्षणमा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४ सय २८ जना गरी कुल १ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय २० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।










