बिहीवार हेटौंडामा ५० जनाको स्वाब सङ्कलन
मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट बिहीवार ५० जनाको स्वाब सङ्कलन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बिहीवार बिहान २३ जना महिला र २७ जना पुरुष गरी जम्मा ५० जनाको नमुना स्वाब सङ्कलन गराएको हो ।
सङ्कलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले जानकारी दिए ।










