बिहीवार मकवानपुरमा ३६ जनाले जिते कोरोना
मकवानपुर । बिहीवार मकवानपुरमा ३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि भएकोमा ३६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ७१ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ६ सय ६० जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।










