देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जना र ३ हजार ९ सय ७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ जना सङ्क्रममुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।










