त्रिविले भन्यो सकेसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नु
मकवानपुर । त्रिभुवन विश्वविद्यालयले मतहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ ।
विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको हो ।कोरोना कहरका कारण लामो समयदेखि विश्वविद्यालय मातहतका क्याम्पस तथा विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको थिएन ।
कतिपय क्याम्पसहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गरेका थिए । तर अनलाईन कक्षाको प्रभावकारितामाथि निरन्तर प्रश्न उठिरहेको थियो ।त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले सकेसम्म भौतिक उपस्थितिमा कक्षा गर्ने–गराउने निर्णय गरेको हो ।











