शुक्रवार मकवानपुरमा ३७ जनामा कोरोना

हेटौडा न्युज
१ आश्विन २०७८, शुक्रबार १४:४९
;

मकवानपुर । शुक्रवार मकवानपुरमा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको पीसीआर र १७ जनाको एन्टिजेन गरी जम्मा १ सय ५८ जनाको कोरोना परिक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १ सय ८ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ६ सय ९० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*