देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६ सय ६५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७ सय २० जनाको एन्टीजिन टेष्ट गर्दा ४ सय ७२ जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।










