संविधान दिवसको अवसरमा भीमफेदी कारागारबाट ४३ जनाको कैद मिनाह गर्न सिफारिस

हेटौडा न्युज
२ आश्विन २०७८, शनिबार १६:४९
;

मकवानपुर । संविधान दिवसको अवसरमा क्षेत्रीय कारागार भीमफेदीबाट ४३ जनाको कैद मिनाह गर्न सिफारिस गरिएको छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा भीमफेदी कारागारबाट मापदण्ड पुगेका ४३ जनालाई कैद मिनाहको लागि सिफारिस गरिएको कारागार प्रमुख नारायण पाण्डेले जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तानी गरेका, असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरुलाई बाँकी कैद मिनाहको लागि सिफारिस गरिएको हो । गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसरमा सिफारिस भएका कैदीहरुको बाँकी कैद मिनाह गरिदै आएको छ ।

मकवानपुरको भीमफेदी कारागरमा अहिले १ हजार कैदीहरु रहेका छन् । कारागारमा पुरुषहरुलाई मात्र राखिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*