देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२ आश्विन २०७८, शनिबार १७:२०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ४० पीसीआर परीक्षणमा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टिजेन परीक्षणमा २ सय ३१ जना गरी १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*