सरकारले आफ्ना आसेपासेलाई पदक दियो: ओली

हेटौडा न्युज
३ आश्विन २०७८, आईतवार १४:१५
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलङ्कार पदकहरुको दुरुपयोग गरी आफ्ना आसेपासेलाई विभुषण दिएको टिप्पणी गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए ।

तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’ ’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’

यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्याङ्कन गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*