हेटौंडामा जुवा खेल्ने ७ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा स्थित एक घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चाईना क्वाटर स्थित राकेश के.सी.को घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई नगद २६ हजार ९ सय ८५ रुपैया र एक हजार पाँच सय भारतीय रुपैंया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने घर धनि ३७ बर्षिय राकेश के.सी., सोही ठाँउ बस्ने ३८ बर्षिय प्रदिप जंग पण्डित, ४० बर्षिय पदम बहादुर भण्डारी, ५५ बर्षिय एक बहादुर थापा, वडा नम्बर ४ बस्ने ३१ बर्षिय दिपेन्द्र कुमार मिश्र, वडा नम्बर १० बस्ने ४२ बर्षिय रमेश श्रेष्ठ र धादिङ जिल्ला धुनबेसी नगरपालिका वडा नम्बर ९ घर भई हाल हेटौंडा १ मा बस्दै आएका ३६ बर्षिय बाबु कृष्ण उप्रेति रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई तास खेलिरहेको स्थानबाट ४ बुक तास, २६ हजार ९ सय ८५ रुपैया र एक हजार पाँच सय भारतीय रुपैंया सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










