आइतवार मकवानपुरमा १० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ आश्विन २०७८, आईतवार १४:५२
;

मकवानपुर । आइतवार मकवानपुरमा १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर र ४ जनाको एन्टिजेन गरी जम्मा ४६ जनाको कोरोना परिक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १सय २० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ७ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*