देशभर पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ आश्विन २०७८, आईतवार १८:००
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा  ७ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ३ सय ४ पीसीआर परीक्षणमा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*