सोमवार मकवानपुरमा २ जनामा कोरोना
मकवानपुर । सोमवार मकवानपुरमा २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ जनाको पीसीआर र ३० जनाको एन्टिजेन गरी जम्मा ३९ जनाको कोरोना परिक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ७ सय ४३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।










