चाडपर्व लक्षित बजार अनुगमन सुरु
मकवानपुर । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको काठमाडौंको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार÷पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताए । काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ ।










