१ सय ७५ किलो लागूऔषध गाँजा र ट्रक सहित २ जना पक्राउ

हेटौडा न्युज
७ आश्विन २०७८, बिहीबार १९:१६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ७५ किलो लागूऔषध गाँजा र ट्रक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र थाहा नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय प्रसान्त कार्की रहेका छन् ।

विहीवार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको टोलिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभ¥याङमा मर्मत गर्दै गरेको ना ३ ख ५९५० नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकभित्र फल्स बटम बनाई लुकाईछिपाई ल्याएको लागूऔषध गाँजा १ सय ७५ किलो फेला परेको थियो ।

उक्त लागूऔषध गाँजा, ट्रक सहित ट्रकका चालक स्याङ्तान सोही ट्रकमा सवार कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*