प्रहरी सहायक निरीक्षक थापा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

हेटौडा न्युज
८ आश्विन २०७८, शुक्रबार १८:१३
;

मकवानपुर । प्रहरी चौकी सुनाचुरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नविन बिक्रम थापा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले थापालाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय भीमफेदी दरबन्दी भई हाल प्रहरी चौकी सुनाचुरीमा कार्यरत प्रहरी सहायक निरीक्षक थापाले आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गरेको भन्दै भदौ महिनाको उत्कृष्ट प्रहरी घोषण गरिएको जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*