प्रहरीद्वारा लागूऔषध गाँजाको बिरुवा नष्ट
मकवानपुर । प्रहरीले राक्सिराङ गाउँपालिकामा लागूऔषध गाँजाको बिरुवा फेला पारी नष्ट गरेको छ ।
विहीवार दिउँसो प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्किनीमा पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाईकलमा ल्याईएको २ वटा बोरामा अन्दाजी ३ हजार वटा लाूुऔषध गाँजाको बिरुवा फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
मोटासाईकल चालक प्रहरीलाई देख्ने वित्तिकै फरार रहेका छन् । फरार रहेका मोटरसाईकल चालकको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।